आइतबार ८ हजार ८५० जना सङ्क्रमित थपिए , काठमाडौँमा मात्र ४१९८



पछिल्लो २४ घण्टामा देशमा थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ ।

१८ हजार ७८७ पीसीआर र ५०६ एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमित थपिएका हुन ।

तेस्तै गत २४ घण्टामै ५२ जनाले ज्यान गुमाएका छन ।

तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् ।

काठमाडौँमा, ३ हजार १६१ जना, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् 

प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार  ११ : ०० बजे