पछिल्लो २४ घण्टामा देशमा ९२७१ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन ।
पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ।
तेस्तै पछिल्लो २४ घण्टामै १३९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विभिन्न समयमा ज्यान गुमाउन्र्हरुको तथ्यांक आउन छुटेकाले आज १३९ जनाको तथ्यांक सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ
गत २४ घण्टामै ४,००७ जना निको भएका छन् ।
यससगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ










