पछिल्लो २४ घण्टामा देशमा थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा उक्त संख्यमा संक्रमण पुष्टि भएको हो।
यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ
तेसैगरी पछिल्लो २४ घण्टामै २२५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ४ हजार ८४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन ।
यससगै हालसम्म निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।








