घट्न थाल्यो सङ्क्रमण : आइतबार ७३६८ जनामा सङ्क्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ

। पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ को परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

तेस्तै गत २४ घ्गण्टामै संक्रमणका कारण १४५ जनाले ज्यान गुमाएकोको पनि उनले जानकारी दिए ।

काठमाडौं उपत्यकाम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।

उपत्यकाका भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ सङ्क्रमित थपिएका हुन ।

प्रकाशित मिति : जेष्ठ २, २०७८ आइतबार  १० : ५९ बजे