पछिल्लो २४ घण्टामा देशमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमण पुष्टी भएको हो ।
यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ
तेस्तै पछिल्लो २४ घण्टाकै अबधिमा १९६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ५४११ पुगेको छ
तेस्तै गत २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ








