बुधबार २४६ जनाले ज्यान गुमाए, ८१७३ जनामा संक्रमण पुष्टि



कोरोना महामरी नियण्त्रण गर्न हाल देशमा लकडाउन गरिएको भएपनी सङ्क्रमण दरमा खसै कमी आउन सकेको छैन ।

यसैबिच पछिल्लो २४ घण्टामा देशमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमा उक्त जानकारी दिएका हुन ।

तेसैगरी गत २४ घण्टामा २४६ जनाले ज्यान गुमाएका छन ।

बुधवारै काठमाडौंमा १ हजार ९८८, भक्तपुरमा २२८ र ललितपुरमा २७० गरी उपत्यकामा जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामै ७ हजार ९८९ जना संक्रमणमुक्त भएका छन ।

प्रकाशित मिति : जेष्ठ ५, २०७८ बुधबार  ११ : ०६ बजे