ओखलढुंगा उद्योग बाण्ज्यि संघले बनायो अक्सीजन सहीतको आइसोलेशन वार्ड



कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा ओखलढुंगा उद्योग बाणिज्य संघले आसोलेशन वार्ड निर्माण गरेको छ । संघले आफ्नै कार्यालयमा १० वेडको सुविधा सम्पन्न आइसोलेशन वार्ड निर्माण गरेको हो । कोरोना संक्रमितहरु लाई सुरक्षित राख्नका लागि अक्सीजन सहितको १० वेड क्षमताको आइसोलेशन तयार गरेको उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले बताउनुभयो ।

जिल्लामा दैनिकजसो कोभिड बढीरहेपनि सिकिस्त विरामीहरुलाई आवश्यक अक्सीजन सहितको आइसोलेशन पर्याप्त छैनन् । जिल्ला अस्पताल रुम्जाटार र ओखलढुंगा सामुदायिक अस्पतालले मात्र विरामीको चाप थेग्न नसक्ने परिस्थिति आउन सक्ने कुरालाई ख्याल गरेर बाणिज्यसंघले आफ्नै लगानीमा आइसोलेशन निर्माण गरेको बताइएको छ । सदरमुकाम स्थित विभिन्न व्यवसायिहरु बाट अक्सीजन सिलिण्डर जम्मा गरेर आइसोलेशन वार्डमा राख्न्े व्यवस्था मिलाइएको उद्योग बाणिज्य संघका कार्यालय सचिव नवराज दाहालले बताउनुभयो ।

कोरोना भाइरस संक्रमितहरुका लागि आवश्यक उपचार गर्न आइसोलेशन तथा अस्पतालमा भेन्टीलेटर राख्ने विषयमा सचेत हुनु पर्ने स्थानीय सरकार यो विषयमा बेवास्ता गर्दै आएको स्थानीयहरुको गुनासो छ । नागरिकको सबैभन्दा नजिकको सरकार सिद्धिचरण नगरपािलकाले गर्नु पर्ने काम उद्योग बाणिज्य संघले गरेर नागरिक प्रति उत्तरदायित्व बहन गरेको स्थानीयहरु बताउछन । ओखलढुंगामा बुधबार ६६ जनामा कोरोना पोजेटीभ देखिएकासंगै संक्रमितहरुको संख्या १ सय ७० पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०७८ बिहिबार  ४ : ५४ बजे