पछिल्लो २४ घण्टामा देशमा थप ८३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो ।
स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २२०८७ पिसिआर र ३९२ एन्टिजेन परीक्षण गरिएको थियो ।
यस्तै कोरोना संक्रमणबाट १९० जनाले ज्यान गुमाएका छन ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५४३ संक्रमणमुक्त भएका छन् ।










