सोमबार ७४२५ जना संक्रमित थपिए ,१८५ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

यससगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ

यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।

तेस्तै गत २४ घण्टामै ७ हजार १३५ जना निको भएका छन् ।यससगै निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०७८ सोमबार  ११ : ०५ बजे