कोरोना सङ्क्रमणबाट डीएसपी समिर खरेलको निधन



नेपाल प्रहरीका डीएसपी समिर खरेलको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

पुलिस एकेडेमीमा कार्यरत खरेल तीन साता अघि पुलिस अस्पताल भर्ना भएका थिए।

उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो। प्रहरी महानिरीक्षकको सचिवालयले खरेलको मृत्यु भएको पुष्टि गरेको छ।

२०५१ सालमा असईबाट सेवा सुरु गरेका उनले २०५८ सालमा खुलातर्फ प्रहरी निरीक्षकमा नाम निकालेका थिए।

गत साता काठमाडौं प्रहरी परिसरमा कार्यरत डीएसपी राजकुमार केसीको पनि कोरोनाका कारण ज्यान गएको थियो।

प्रकाशित मिति : जेष्ठ १०, २०७८ सोमबार  ११ : ३५ बजे