आज देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले देशका अधिकांश भू–भागमा सामान्य बदली भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । प्रदेश १ को तराई भू–भागमा र प्रदेश २ को थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ ।
आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।पश्चिमी वायुको प्रभावका कारण हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यसैगरी, आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।त्यस्तै, राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।








