देशमा फैलिएको कोरोना महामारिका कारण सरकारले यस वर्षको एसईई नगर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछी यस वर्षको एसईई नहुने भएको हो ।
यसअघी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो ।बोर्डले मागेको अनुमतिको आधारमा शिक्षा मन्त्रालयले मन्त्रीपरिषदमा प्रस्ताब लगेको थियो ।
कोरोना महामारिकै कारण गतवर्ष पनि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।मन्त्रीपरिषदको निर्णयसगै यसबर्षा पनि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा प्रकासन गर्ने भएको छ ।








