मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुधबार थप ५ हजार ३१६ जनामा संक्रमण पुष्टि, १०१ संक्रमितले गुमाए ज्यान



पछिल्लो २४ घण्टामा देशमा थप ५ हजार ३ १६ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ७९ हजार हजार ६ सय ५९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २ सय १९ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५ सय ६३ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा थप १०१ संक्रमितले ज्यान गुमाएका छन । योसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ५५ पुगेको छ ।

त्यस्तै गता २४ घण्टामै काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् । हाल सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९ सय ९३ रहेको छ । आज संक्रमणदर ३१ .५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  १० : ४७ बजे