मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहिबार देशभर ६ हजार धेरैमा संक्रमण , ७५ जनाले ज्यान गुमाए



बिहिबार देशभर ६ हजार धेरैमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८२५ जनालाई संक्रमण पुष्टि भएको हो ।

अहिलेसम्म नेपालमा ५ लाख ८६ हजार हजार ५०९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ६३० जनाले ज्यान गुमाएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ९०४ निको भएका छन् ।

यस्तै बिहिबार ७५ जनाले ज्यान गुमाएका छन ।

अहिले १ लाख १ हजार ८३९ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १८ हजार ५६२ पीसीआर र ३२११ एन्टीजेन परीक्षण भएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ११ : १६ बजे