मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रबार ६६५३ जनामा संक्रमण पुष्टि,१०१ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप ६६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो ।

२० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

शुक्रबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०१ रहेको छ । योसँगै नेपालमा ७ हजार ७३१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन ।

यही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । नेपालमा निको हुने दर ८१ .९ प्रतिशत रहेको छ ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ११ : २७ बजे