शुक्रबार ६६५३ जनामा संक्रमण पुष्टि,१०१ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप ६६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो ।

२० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

शुक्रबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०१ रहेको छ । योसँगै नेपालमा ७ हजार ७३१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन ।

यही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । नेपालमा निको हुने दर ८१ .९ प्रतिशत रहेको छ ।

 

प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार  ११ : २७ बजे