मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ५ हजार १५३ जनामा संक्रमण पुष्टि,१०८ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । जम्मा १७ हजार ६७६ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

२४ घण्टाकै अबधिमा संक्रमणबाट थप १०८ जनाले ज्यान् गुमाएका छन्। हालसम्म कोभिड–१९ को संक्रमणबाट ८ हजार ९८ जनाले ज्यान् गुमाएका छन्। नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

यही अवधिमा थप ६ हजार ५७० जना निको भएका छन् । हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर बढेर ८४।७ प्रतिशत पुगेको छ ।

नयाँ संक्रमितभन्दा निको हुने दर बढेसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये ७६ हजार ५५० जना होम आइसोलेसनमा, ६ हजार १८६ जना संस्थागत आइसोलेशनमा, १ हजार ३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ११ : १४ बजे