मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाग्मती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ मा



बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बाग्मती प्रदेशसभाको यही जेठ २७ गते अपराह्न ३ बजे बस्ने आठौं अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मुख्यमन्त्री डोरमणि पौडेललेको अध्यक्षतामा आज बसेको बैठकले सरकारको नीति कार्यक्रमलाई सार्वजनिककरण गर्न प्रदेश प्रमुखलाई सिफारिस भएबमोजिम कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

प्रदेशसभाको यही जेठ १६ र १७ गतका बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  १२ : १२ बजे