मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले खोप नदिएपछि काठमाडौंमा खोप अभियान स्थगित



काठमाडौँ महानगर पालिकाले संचालन गरेको खोप कार्यक्रम स्थगीत हुने भएको छ । गएको मंगलबार देखि महानगरको ३२ वटै वडामा संचालन हुदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भए पछि स्थगीत हुनपुगेको हो ।

काठमाडौँ महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भने पछि जारि कार्यक्रम बाध्य भएर रोक्नु परेको बताउनु भयो । नेपाल सरकारलाई गएको हप्ता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराएको थियो ।

यसरि प्राप्त भएको खोपलाई सरकारले देशै भरि ६० वर्ष भन्दा माथि ६५ वर्ष सम्म उमेर समुहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो । सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउछु भने पछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौं अहिले २८ हजारलाई लगाइसके पछि रोक्नु परेको छ जनस्वास्थ्य प्रमुख कुँवरले भन्नु भयो ।

अब बाँकीलाई कसरि खोप लगाउने कुनै निश्चित नभएको शहरी जनस्वास्थ्य प्रमुख कुँवरले बताउनु भयो । कार्यक्रम अनुसार काठमाडौँ महानगरले गएको मंगलबार देखि पाँच दिन सम्म उमेर समूह अनुसार दिन तोकि खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो । महानगरले आज सम्म करिब २८ हजार जनालाई खोप लगाएको बताएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  २ : ५५ बजे