मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शनिबार ३३८४ जनामा संक्रमण पुष्टि,६१ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ६१ जनाले ज्यान गुमाएका छन भने नेपालमा हालसम्म ८ हजार ३६६ जनाले ज्यान गुमाएका छन। नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये काठमाडौँमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना रहेका छन् । यही अवधिमा थप ६२९५ जना संक्रमणमुक्त बनेका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् । देशमा निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने दर बढी रहेका कारण सक्रिय संक्रमितको संख्या घटेर ७१ हजार ३०१ पुगेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १० : ५८ बजे