उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय : होटल–रेस्टुरेन्टले होम डेलिभरी सेवा दिन सक्ने



काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । निशेधाज्ञाका बारेमा छलफल गर्न काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले निषेधाज्ञाको अवधि एक साता थप गरेको हो।

असारदेखि खुकुलो बनाउने तर निशेधाज्ञा जारि राख्ने आजको बैठकले निर्णय गरेको हो।। अब थपिने निषेधाज्ञामा पुस्तक ढुवानी र पुस्तक पसलहरु खुल्न सक्नेछन् ।अब किराना र पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने छ ।

होटल–रेस्टुरेन्टले अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान सातबजेदेखि होटल–रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन् । इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ ।

तेस्तै बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय भएको छ ।बजार पसल खुला गर्ने नयाँ नियम जारी गरिएको छ । भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरूका लागि समय तथा बार अनुसार खोल्न दिइने गरी तोकिएको छ ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आइतबार  १० : ४१ बजे