मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतबार थप २४ सय जनामा कोरोना सङ्क्रमण, ४६ जनाले ज्यान गुमाए



नेपालमा गत २४ घण्टामा २,४०७ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिडका कारण थप ४६ जनाले ज्यान गुमाएका छन।

तेस्तै यहि अबधिमा ३,९९४ जना सङ्क्रमणमुक्त भएका छन्।नेपालमा हालसम्म पुष्टि भएका कोभिड बिरामीको सङ्ख्या ६ लाख २९ हजार हाराहारीमा छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा केही बढी छ।

मन्त्रालयका अनुसार ३८ प्रतिशत सक्रिय सङ्क्रमित वाग्मती प्रदेशमा छन्। तीमध्ये काठमाण्डूमा हुनेको सङ्ख्या सर्वाधिक छअहिले ४४ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा धेरै रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले बताएका छन्।

पछिल्लो समय कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।त्यसैगरी कुल सङ्क्रमितमध्ये महिला ३९ प्रतिशतजति र पुरुष ६१ प्रतिशतजति रहेका छन्।

हाल आईसीयूमा रहेका बिरामीको सङ्ख्या १,१०० रहेको छ भने भेन्टिलेटरमा ३४७ जना रहेको मन्त्रालयको तथ्याङ्क छ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ११ : ३२ बजे