मनसुन देशभर फैलियो : भारी वर्षाको सम्भावना



आइतबार बेलुकादेखि यो वर्षको मनसुन देशभर फैलिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ ।
देशका धेरै स्थानहरुमा मेघगर्जनचट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश नम्बर–१, प्रदेश नम्बर–२, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यो हप्ता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार  २ : ३० बजे