ब्रसल्समा भेला भएका नेटोका नेताहरूले चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति चेतावनी दिँदै त्यसलाई बेइजिङको प्रणालीलाई चुनौती दिने व्यवहार भनेका छन्।उनीहरूले चीनले द्रुत ढङ्गले आफ्नो परमाणु क्षमता विस्तार गरिरहेको, सैन्य आधुनिकीकरणबारे अपारदर्शी हिसाबले निर्णय गरिरहेको र रुससँग सैन्य सहकार्य गरिरहेको बताए।
नेटोका प्रमुख येन्स स्टोल्टेन्बेर्गले सैन्य र प्राविधिक क्षमतामा चीन नेटोको हाराहारी तर्फु आइरहेको बताए।तर उनले नेटो गठबन्धनले चीनसँग नयाँ शीतयुद्ध नचाहेको पनि उल्लेख गरेका छन्।नेटो ३० वटा युरोपेली र उत्तर अमेरिकी देशहरूको शक्तिशाली राजनीतिक र सैन्य गठबन्धन हो।
कम्युनिस्ट विस्तारको जोखिमसँग जुझ्न दोस्रो विश्व युद्धपछि यसको स्थापना गरिएको थियो।पछिल्लो समयमा यसको उद्देश्य र आर्थिक श्रोतबारे नेताहरूले बहस गरिरहँदा गठबन्धनमा केही अप्ठेरा देखिएको थियो।राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको आर्थिक लगानी प्रति गुनासो गर्दै आफ्ना युरोपेली साझेदारहरूको प्रतिरक्षा गर्ने अमेरिकी प्रतिबद्धतामा प्रश्न उठाएपछि मतभेदहरू चुलिएका थिए।
यो ट्रम्पका उत्तराधिकारी जो बाइडनको पदभार सम्हाले यताको पहिलो नेटो शिखर बैठक हो र नयाँ राष्ट्रपतिले ७२ वर्ष पुरानो गठबन्धनलाई अमेरिकी समर्थन रहिरहने बताएका छन्।उनले अमेरिकी स्वार्थका लागि नेटो महत्त्वपूर्ण रहेको भन्दै गठबन्धन स्थापनासम्बन्धी सन्धिको धारा ५ मा उल्लेख भए अनुसार कुनै पनि आक्रमणबाट एकअर्काको रक्षा गर्नुपर्ने ुपवित्र दायित्वु सदस्य राष्ट्रहरूको भएको बताए।जिनिभामा बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने शिखर बैठकबारे सोधिएको प्रश्नमा उनले पुटिनलाई ुचतुर प्रतिद्वन्द्वीु का रूपमा उल्लेख गरे।










