मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलबार थप २७४५ जनामा संक्रमण, ४१जनाले ज्यान गुमाए



नेपालमा पछिल्लो २४ घण्टामा थप २७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भएका छन् । मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ रहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख १२ हजार २०२ जनामा र एन्टिजेन परीक्षणबाट २२ हजार ४०३ जनामा कोरोना संक्रमण पाइएको छ ।त्यसमध्ये ५ लाख ४० हजार ४३९ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ८ हजार ५०६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १२ : ०६ बजे