गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो



गण्डक ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पानीको सतह खतराको सूचकभन्दा माथि पुगेपछि उक्त ढोकाहरु खोलिएको हो ।

पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेको छ ।

ब्यारेज जीर्ण भएका कारण ४ लाख क्युसेक पानी कटेपछि उच्च जोखिम मानिन्छ । पानीको सतह अझै बढे बि ग्याब बाँध फुट्न सक्ने र बस्ती नै डुबानमा पर्ने संभावना बढेको बताइएको छ ।

यसैबीच गण्डक ब्यारेज र अन्य खोलाहरूका कारण डुबान हुन थालेपछि स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : असार २, २०७८ बुधबार  ९ : ५३ बजे