बुधबार थप २८२८ जनामा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशमा थप २८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमित ३०८२ निको भएका छन् । बुधबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२ रहेको छ ।

प्रकाशित मिति : असार २, २०७८ बुधबार  १० : ५० बजे