बिहिबार २६०७ जनामा संक्रमण, ३९ जनाले ज्यान गुमाए



गत २४ घण्टामा  १२ हजार ४८४ जनामा कोरोना परिक्षण गरिएकोमध्ये २६०७ जनामा संक्रमण पुष्टि भएको छ। तेस्तै यहि अबधिमा कोरोनाका कारण ३९ जनाले ज्यान गुमाएका छन।

गत २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या २१४१ रहेको छ। यस्तै कुल संक्रमितमध्ये उपत्यकामा मात्रै ५७० जना संक्रमित भेटिएका छन्। जसमध्ये काठमाडौंमा ४१३, भक्तपुरमा ३६ र ललितपुरमा १२१ जना रहेका छन्।

प्रकाशित मिति : असार ३, २०७८ बिहिबार  १२ : ०३ बजे