शक्तिको आडमा मनपरी सडक खन्दा साुदायिक वन विनास



ओखलढुंगाको चार्खु–निशंखे– मूलघाट जोड्ने सडक योजनामा आम उपभोक्तालाई थाहै नदीइ कागजीरुपमा समिति बनाएर सुरु गरिएको सडकले ठुलो विनास निम्त्याएको छ । उक्त सडक निर्माणका क्रममा जथाभावि डोजर प्रयोग गर्नाले निशंखे गैरापाखा सामूदायिक वनको करिव २ हजार रुखमा क्षति पुगेको हो ।

प्रदेश नम्बर–१ सरकारले विनियोजन गरेको मूख्यमन्त्री सडक कार्यक्रम अन्र्तगत पूर्वाधार विकास समितिको कार्यालय मार्फत निर्माण सुरु गरिएको सडक उपभोक्ता समितिले सामुदायिक वनसंग अनुमति लिएको छैन् । निशंखे देखि तलुवा तर्फको निर्माणधिन अवस्थामा रहेको सडकले सामुदायिक वन संगै हिमालय माविको जग्गा समेत अधिक क्षति पुर्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास कट्वालले बताउनुभयो । विद्यालयको १ लाख भन्दा बढीको जग्गा क्षति पुगेको वाहाको भनाइ छ ।

सिद्धिचरण नगरपालिका वडा नम्बर ४ रुम्जाटार बाट निशंखे हुँदै खोटाङ जोड्ने सामरीक महत्वको सडककाका रुपमा लिइएको भएपनि प्रकृयानै नपुर्याइ शक्तिका भरमा मिचेर सार्वजनिक सम्पत्ती दुरुपयोग गर्न लागेको भन्दै स्थानीयहरु आक्रोशीत बनेका छन् । सामुदायिक वनका सयौं सल्लाका रुख ढालेको र डोजरले पहरो लडाउदा सडकमुनीका २ हजार भन्दा बढी रुखहरुमा नबाच्ने गरी क्षति पुगेको स्थानीय पदम तामाङले बताउनुभयो । जानाजान सामुदायिक वनमा क्षति पुर्याएको विषयमा वन डिभिजन कार्यालय ओखलढुंगामा उजुरी गर्नजाँदा राजनीतिक पहुँचका आधारमा वनले समेत उजुरी दर्ता गर्न नमानेको वाहाका भनाइछ ।

उक्त योजनामा के कति बजेट आयो र कति काम गर्ने भन्ने समेत जानकारी नगराई क्वान्टीटी पुर्याउनका लागि जवरजस्ती भिर खनेर लडाएको स्थानीयहरुको आरोप छ । सडकको बजेट तथा उपभोक्ताहरुको सूचि देखिनेगरी निर्माणस्थलमा होडिङ बोर्ड राखिएको छैन् । प्रदेश नम्बर १ का भौतिक योजना मन्त्री अम्बीरबाबु गुरुङको आडमा प्रकृयाविनै जथाभावि डोजर चलाउदा ठुलोमात्रामा वन विनास भएको स्थानीय युवा बसन्त कट्वालले बताउनुभयो । शक्तिका आडमा जे पनि गर्न पाइन्छ भन्ने सोचका साथ अघि बढीएकाले गाउलेहरु कानुनी उपचारका लागि सम्बन्धीत निकायमा जान थालेको वाहाको भनाइ छ ।

सार्ववनीक सम्पतिको दुरुपयोग गरेको विषयमा सम्बन्धी निकायको ध्यानाकर्षण गराउदा डोजर प्रयोगकर्ताहरुको समुहले ज्यानमार्ने धम्की समेत दिनथालेको कट्वाको गुनासो छ । सामुदायिक वन उपभोक्ताहरुको आम भेला बसेर उजुरीको प्रकृयामा पुगेपछि सडकबाट डोजर अन्यत्र लगिएको उपभोक्ताहरुले बताए ।
अव्यवस्थित रुपमा सडक खनेर सार्वजनिक सम्पत्तीको विनास गरेपछि उत्पन्न विवाद समाधानका लागि गैरापाखा सामूदायिक वन उपभोक्ता समितिका अध्यक्ष सञ्जु श्रेष्ठको संयोजकत्व तथा सिद्धिचरण नगरपािलका वडा नम्बर १ र २ का

अध्यक्ष समेतको सहभागितामा ५ सदस्य विवाद व्यवस्थापन समिति गठन गरिएको छ । वन विनास र सडक विवदाका विषयमा वडा नम्बर २ ठुलाछापका वडा अध्यक्ष कृष्ण बहादुर कार्कीले कम क्षति गरी बढी विकास गर्न खोजेपछि स्थानीयहरु विच केही विवदा आएकाले त्यसको समाधानका लागि विवाद व्यवस्थापन समितिनै बनाएर अघि बढेको बताउनुभयो । विकासका नाममा हुने सनातिना कुरालाई मुद्धाका रुपमा भन्दापनि स्थानीयस्तरमै बसेर समाधान खोज्नुपर्ने वाहाको भनाइ छ ।

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार  ६ : १० बजे