मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुहिने छानोमुनी त्रासमै वित्छ ६६ बर्षीया दिलकुमारीको दैनिकी, गरिबलाई टिनको छानो खै सरकार ?



सिद्धिचरण नगरपािलका ५ सानीटारकी ६६ बर्षीया दिलकुमारी दाहालको सम्पत्ती सामाजिक दृष्टिमा फुसको छानो भएको एउटा सानो चुहिने झुप्रो छ । त्यो पनि आफ्ना नाममा भएनभएको उहालाई एक्कीन छैन् । विहान बेलुका के खाउ भन्ने समस्याले पिरोलिरहने दाहाललाई यो बर्ष बस्तैगरेको त्यही चुहिने घर झनै ठुलो समस्या बनेको छ ।

दिलकुमारीको सम्पत्ति भनेपनि आफन्त भनेपनि ओतालाग्ने त्यही एउटा झुप्रो समेत बर्षादको समयमा चुहिएर बसीसक्नु हुँदैन् ।पानी परेकावेला घरभित्र बाट बाहरि निस्केर दलानको एक कुनामा ओता लाग्ने गरेको वाहा बताउनुहुन्छ । ‘घरभित्रै बस्ता मझेरीमै भल बग्छ, दाहाल भन्नुहुन्छ ‘पानी परेकोवेला यही घर लडेर आफैलाई सिध्याने होकी भन्ने चिन्ताले सधै सताइरहन्छ ।’ पोहोरसाल छिमेकीको सहयोगमा खरको चुहीने छानोमा पाल लगाएर १ बर्ष काटेको बताउने दाहाल यसपटक भने आफै बस्ने झुप्रोघर देखि त्रासमा रात विताउनुहुन्छ ।

पानी चुहिएर जिर्णअवस्थामा रहेको घरले बर्षादको समयमा कतिखेर पुर्छ भन्ने चिन्ताले सधै सताइरहेको उहाले बताउनुहभयो । अरुकोत के कुरा ? आफ्नै छोरा बुहारी र नातिनिहरुले अपहेलना गरी दैनिक दिएको पिडाको घटना सम्झदा दिलकुमारीको मन भक्कानिन्छ । उहाका आँखा रसाउछन् । “मेरो घरमा विहानवेलुका खाने अन्न छैन ।’ दाहालले मलिन अनुहारमा भन्नुभयो, आफै बसेको घरले कतिखेर पुर्छकी भन्ने ठुलो पिर लागेको छ । ‘छोरा बुहारी त मेरा सत्रु झै बनेर ढुंगा, लौरोले हान्छन त्यसैले म उनिहरुछेउ जान्न ।” छोरो रोहित र बुहारीबाट पटक पटक कुटाइ खाएको घटनालाई सम्झदै गहभरी आँसु बनाएकी दिलकुमारी आफ्नै छोरा बुहारी र नाति नातिनाहरुबाट पिडित भएपछि अरुले पनि नहेरेको बताउनुहुन्छ ।

विगत १७ बर्षदेखि एक्लै बस्तै आउनुभएकी दिलकुमारीलाई छोरा बुहारी र नातिनिहरुले हेरचाह नगरेर समस्या निम्तीएको उनका छिमेकीहरु बताउछन् । “उनलाइ पहिला छोरा बुहारीले हेर्नुपर्ने हो ।’ स्थानीय युवा कैलास दाहालले भन्नुभयो, त्यस पछि नसक्दा सरकारीतहबाट वडा कार्यालयले सहयोग गर्नुपर्नेमा त्यो पनि हुनसकेको छैन् ।” नेपाल सरकार मार्फत सिद्धिचरण नगरपालिकाले गरिवलाई टिनको छानो कार्यक्रम ल्याएर वितरण गरेको प्रचारगर्दै आएपनि दिलकुमारी लाई त्यो कार्यक्रमले छुन सकेको छैन् ।

सरकारी सहयोगका नाममा एकल महिलाले पाउने मासिक २ हजार भत्ता बाहेक दाहालले केही पाउनुभएको छैन् । चैमासिक रुपमा आएको ८ हजारले जिवीका चलाउदै आउनुभएकी दिलकुमारीले फुसको छानो भएको घर नछाएको दशकबढी भैसक्यो । राम्रो संग कान नसुन्ने दाहालको देब्रे हात समेत भाच्चीएर अपांगता हुनुहुन्छ । धेरै बर्ष पहिले घाँस काट्न जाँदा भिरमा ढुंगाले लागेर हातको कुम खुस्कीएको दाहालले बताउनुभयो । त्यस यता आफैले जन्माएको छोरो रोहित दाहालबाट निकै पिडा खेपेको उहाले गुनासो गर्नुभयो । सिद्धिचरण नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कुलप्रसाद दाहालले एक बर्ष अघिनै केही राहत संगै चुहिने छानो हटाएर जस्ता लगाइदिने आश्वासन दिएपनि त्यसदेखि फर्केर नआएको उहाको गुनासो छ ।

उहाको पहिलो आवश्यक्ता चुहिने घरमा छानो लगाउने र विहान बेलुका हातमुख जोड्नका लागि आवश्यक खाध्यान्न व्यवस्थापन हो । गत चौमासिक भत्ताबाट बचेको १ हजार ६ सयरुपौंयामा किनेको चामल सकिएको र अहिले त्यही चामल एक हजार ८ सय पुगेकाले चामल किन्न धौधौ परेको दाहालले गुनासो गर्नुभयो । उहाको घरमा विजुली बत्ति समेत जडान गरिएको छैन् । घरको खर तानेर चुल्हामा आगो सल्काउने अनि एक छाक खोले खाएर जिवन गुजारा गर्दै आउनुभएकी दिलकुमारी राति बाहिर निस्कनुपर्दा लाइटर बालेर निस्कने गरेको बताउनुहुन्छ । खानेपानीको मासिक एक सय तिर्नु समेत मुस्कील भएकाले पानीको विल छुट, दैनिक खाने खाध्यान्न व्यवस्थापन र घरको छानो छाउने कुरामा सम्बन्धीत निकायबाट सहयोगको अपेक्षा गरेको दिलकुमारीले बताउनुभयो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : ०४ बजे