मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतबार २४ सय संक्रमित थपिए, ५१ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा २,४४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । र १०,९५६ एन्टीजेन र पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ५१ जनाले ज्यान गुमाएका छन भने ३४५६ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा आइतबार ५४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना संक्रमित थपिएका हुन।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा ५५ हजार ५३२ सक्रिय संक्रमित छन् । ४२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ४ : ३९ बजे