काठमाडौं उपत्यकामा अब निजी सवारी साधन सञ्चालनहुन पाउने भएका छन। उपत्यकाका तीन जिल्लाका सीडीओहरुको आज बसेको बैठकले निजी सवारी जोर-बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेसगै अब उपत्यकामा निजी सवारी साधन सञ्चालन हुने भएका हुन।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् ।असार ८ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।
तेसैगरि अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइनेछ ।आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।
निजि सवारि साधन खुल्ला र ब्यबसाय सञ्चालन गर्न दिइए पनि काठमाडौं उपत्यका थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।








