मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार २२९७ जना संक्रमित थपिए , ४६ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा २२९७ जना कोरोना भाइरसको संक्रमित थपिएका छन। देशभरका विभिन्‍न प्रयोगशालामा १० हजार ९०४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तेस्तै पछिल्लो २४ घण्टामा सोमबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ रहेको छ भने ३१३० संक्रमित निको भएका छन् ।नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९।९ प्रतिशत रहेको छ ।

हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५० हजार ३०४ जना होम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागत आइसोलेसनमा, ८११ जना आईसीयू तथा २३७ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ५ : १९ बजे