हाल जारि युरोकप फुटबलको १६औं संस्करणमा पहिलो चरणका खेलहरू सकिएसगैदोस्रो चरण (राउण्ड अफ सिक्सटिन)का टोलीहरूको अन्तिम टुङ्गो लागेको छ।
अब हुने नकआउट चरणको खेलमा १६ टिमले खेल्नेछन् ।नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ ।नकआउट चरणमा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन गरि १६ वटा टिम छानिएका छन।
नकआउट चरणको खेल तालिका
असार १२ गते शनिबार , नेपाली समयअनुसार राति ९ः४५ मा वेल्स र डेनमार्क
असार १३ गते आइतबार नेपाली समयअनुसार राति ९ः४५ मा नेदरल्यान्डस् र चेक गणतन्त्र , राति १२ः४५ मा बेल्जियम र पोर्चुगल
असार १४ गते सोमबार नेपाली समयअनुसार राति ९ः४५ मा क्रोएसिया र स्पेन, राति १२ः४५ मा फ्रान्स र स्वीटरजल्यान्ड
असार १५ गते मंगलबार नेपाली समयअनुसार राति ९ः४५ मा इङल्यान्ड र जर्मनी,राति १२ः४५ मा स्वीडेन र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ ।










