यतिवेला स्थानीय तहहरुहरु आर्थिक बर्ष २०७८/०७९ को निति कार्यक्रम तथा बजेट बनाउने चटारोमा छन् । नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तहसंग टोल बस्ती गाउ हुँदै वडाका नागरिकले आवश्यक विकास योजनको माग गरेका हुन्छन् । त्यस्ता योजनाको प्राथमिकीकरण गरेर वडा अध्यक्षले गाउ तथा नगर सभामा पेश गर्नु पर्ने चलन छ । यो समयमा ओखलढुंगाको चम्पादेवी गाउपालिका अध्यक्ष नवराज केसी भने टोल बस्तीमै पुगेर जनताको गुनासा सुन्ने र त्याहाका नागरिकबाट माग भएका आवश्यक योजनाहरु संकलन गर्ने काममा व्यस्त हुनुहन्छ ।
गाउपालिकाले दिएको बजेट सिलिङ भित्र रहेर वडाले योजनाहरु ल्याएपनि कतिपय महत्वपूर्ण र सम्पन्न गर्नै पर्ने योजनाहरु छुट्न सक्ने अवस्थालाई मध्यनजर गर्दै त्यस्ता योजनाहरुको टिपोट गर्ने गरेको गाउपालिका अध्यक्ष नवराज केसीले बताउनुभयो । कोरोना भाइरस माहामारीका कारण वडा अध्यक्षहरुले यस बर्ष बस्ती स्तरमा छलफल चलाउन नसकेका कारण पनि आफु गाउटोलमा पुग्ने गरेको केसीको भनाइ छ । समस्या परेकोवेला गाउबस्तीका नागरिकको मुहारमा चमक ल्याउनुका साथै स्थानीय सरकार टोलबस्तीमै पुगेर आवश्यक योजना वजेट उपलब्ध गराउदा जनताले घरदैलोमा सरकार भएको महसुस गर्ने बताउनुभयो ।
जनताको सरकार घर दैलोमै छ भन्ने कुराको प्रमाणित गर्नका लागि जनतालाई पालिका हैन पालिकाका जिम्मेवार पदाधिकारीहरु जनतामाझ आएर सेवा दिनु पर्ने वाहाको धारण रहेको छ । गाउपालिका अध्यक्ष केसी चम्पादेवी गाउपालिकाका सबै नागरिकको अभिभावक भएकाले छुट भएका योजनाहरुलाई पालिका अध्यक्ष मार्फत माग गरेको चम्पादेवी गाउपालिका वडा नम्बर ४ का एमाले नेता टिकाराम कार्कीले जानकारी दिनुभयो । अध्यक्ष केसीले पार्टीगत सोचभन्दा माथि उठेर गाउपालिकाबासी नागरिकको मुहारमा खुसी ल्याउने काममा निरन्तर लाग्नुभएको कार्कीले बताउनुभयो । चम्पादेवी गाउपालिकाले विकास योजनाका साथै स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पर्यटन र समुदायीक विकासको क्षेत्रमा प्राथमिक्ताका साथ काम गर्दै आएको स्थानीयहरुले बताएका छन् ।
वडाबाट भन्दा पनि पालिका अध्यक्षसंग योजनाको माग गरेपछि पुरा हुने स्थानीय रञ्जना बढाथोकीले बताउनुभयो । चम्पादेवी गाउपालिका वडा नम्बर ४ को सबैभन्दा पिछडिएको बस्ती बदमचुरी गाउमा विद्यालय नहुँदा पढाइबाट बञ्चितीकरणमा परेका बालबालिकाहरुलाई गाउमै पढ्नपाउने वातावरण मिलाउन बालकक्षा सञ्चालन गरेर ठुलो पुण्यको काम गरेको वाहाले बताउनुभयो । गाउपालिका भित्रका जनताको साना तिना कामलाई समेत प्राथमिक्ताका साथ हेरेर समस्या समाधानमा निश्वार्थ लाग्ने केसीको बाँनी रहेको ६८ बर्षीय ज्येष्ठ नागरिक बैदार बुढाथोकीले बताउनुभयो । दुर्गम टोलबस्तीबाट माग भएका आवश्यकीय योजनाका विषयमा गाउपालिका बोलाएर जनतालाई दुख दिनुभन्दा स्थतगत पुगेको समयमा आफैले संकलन गर्दा जनतालाई राहत हुने अध्यक्ष केसीले बताउनुभयो । ‘टोलटोलमा मोटरबाटो घरघरमा धारो चम्पादेवीका सबै घर उज्यालो’ भन्ने नारा तय गरेर पालिकाले कार्य गरिरहेको केसीको भनाइ छ ।








