अफ्रिकी(अमेरिकी मूलका जोर्ज फ्लोइडलाई सन् २०२० को मेमा मिनिआपुलिस सहरमा हत्या गरेको आरोप लागेका अमेरिकी पूर्व प्रहरीलाई २२ वर्ष छ महिनाको जेल सजाय सुनाइएको छ।न्यायाधीशका अनुसार डेरेक शोभिनले त्यस्तो सजाय पाउनुको कारण फ्लोइडमाथि ुउनले पदमाथिको विश्वास र अख्तियारीको दुरुपयोग गरेको र खासगरी क्रूरता देखाउनुु रहेको छ।
४८ वर्षीय फ्लोइडको मृत्यु शोभिनले नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेपछि भएको थियो।उनको हत्याले रङ्गभेद र प्रहरी बर्बरताविरुद्ध विश्वव्यापी प्रदर्शनहरू सिर्जना गरेको थियो।४५ वर्षीय शोभिन गत महिना सेकेन्ड डिग्री हत्या र अन्य अभियोगमा दोषी ठहरिएका हुन्।
सुनुवाइका बेला उनका वकिलले उक्त हत्यालाई ुराम्रो मनसाय राख्दा भएको गल्तीु बताएका थिए।उनले अब आजीवन हतियार राख्न समेत पाउने छैनन्।उनी र तीन अन्य पूर्व प्रहरीहरूमाथि भिन्दाभिन्दै रूपमा फ्लोइडको नागरिक अधिकारहरूको हनन गरेको अभियोग लगाइएका थिए।
फ्लोइडको परिवार र समर्थकहरूले यस फैसलाको स्वागत गरेका छन्।फ्लोइडकी बहिनी ब्रिडगेट फ्लोइडले उक्त सजायले ुअन्ततः प्रहरी बर्बरताका विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको देखाएकोु बताउँदै अझै ुअगाडिको बाटो लामो रहेकोु बताएकी छन्।










