पछिल्लो २४ घण्टामा देशमा थप २०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९८१० जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४९१४ संक्रमित निको भएका छन् ।यससगै हालसम्म निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । शनिबार कोरोनाबाट ज्यान गुमाउनेको को संख्या ३० रहेको छ ।यससगै हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् ।










