देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना



जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती तथा प्रदेश १ को थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : असार १३, २०७८ आइतबार  ९ : ०८ बजे