आइतबार १९२० जनामा संक्रमण पुष्टि, ३४ ले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा १ हजार ९२० जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ पुगेको छ ।

त्यस्तै २४ घण्टामा ३ हजार ७ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यहि अबधिमा कोरोनाका कारण ३४ जनाले ज्यान गुमाएका छन।

प्रकाशित मिति : असार १३, २०७८ आईतबार  ५ : ४० बजे