उपत्यकाका सीडीओको बैठक बस्दै : सार्वजनिक सवारी संञ्चालनबारे आजै निर्णय हुने



जारि निषेधाज्ञाबारे थप निर्णय लिनको लागिकाठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बस्दैछ ।जारी निषेधआज्ञाको समय आज (सोमबार) सकिँदै गर्दा तीन जिल्लाका स्थानिय प्रशासनले केही मापदण्ड बनाएर अब भने सार्वजनिक यातायात संञ्चालन गर्न दिने तयारी पनि गरेको छ ।

सार्वजनिक यातायात संञ्चालन मापदण्ड तय गर्न सिडिओहरुको बैठक बस्न लागेको बताइएको छ।बैठकपछि लकडाउन कस्तो बनाउने भन्नेबारेमा सूचना जारी गरिने भएको छ ।अबको लकडाउनमा सार्वजनिक यातायात संञ्चालन गर्न दिइएपनि सबै प्रकारका सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै राख्दै सार्बजनिक स्थानमा धेरै मानिस भेला हुन रोक लगाउने निर्णय भने यथावत रहने छ ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने तर सार्वजनिक सवारी साधनहरु जोरबिजोर आधारमा सञ्चालन गर्न दिने सहमति यसाघिनै भएको बताइएको छ।

आजको बैठकबाट त्यसलाइ औपचारिक निर्णय गरिने बताइएको छ।पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि सोमबार सकिँदैछ। काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा रहेको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा भने केही खुकुलो छ।

प्रकाशित मिति : असार १४, २०७८ सोमबार  ९ : ५८ बजे