शनिबार २३२८ संक्रमित थपिदा १९ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा २३२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै यही अबधिमा १९ जनाले ज्यान गुमाएका छन । यससगै हालसम्म ज्यान गुमाउनेको कुल संख्या ९ हजार १९८ पुगेको छ ।

गता २४ घण्टाकै अबधिमा ३०६६ जना संक्रमण मुक्त भएको मन्त्रालयले शनिबार जानकारी दिएको छ ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५८० (पीसीआर) र ३७ हजार ५५६ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ ।

प्रकाशित मिति : असार १९, २०७८ शनिबार  ४ : ४८ बजे