नारायणगढ – मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।भरतपुर महानगरपालिका – २९ सेती दोभान भन्ने स्थानमा शनिवार राति १० बजे पहिरो खसेको हो ।
राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।शुक्रवार राति खसेको पहिरो शनिवार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो । बिहीवारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ ।








