निषेधाज्ञा एक हप्ता थप्ने तयारी : उपत्यकाका सीडीओहरुको बैठक आज बस्दै



जारी निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त बैठक आज बस्ने भएको छ ।पछिल्लो पटक थप गरेको निषेधाज्ञाको म्याद भोली सोमबारबाट सकिन लाग्दा निषेधाज्ञाबारे पुन : निर्णय गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त बैठक बस्न लागेको हो ।

आजको बैठकले उपत्यकाभित्र निषेधाज्ञा जारी नै राख्ने तर अझै खुकुलो बनाउँदै लैजाने तयारी गरेको बताइएको छ ।भोली देखी थप क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाउनका लागि निर्णय हुनसक्ने स्रोतले बताएको छ ।

पछिल्लो पटक निषेधाज्ञा थप गर्दा पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ। त्यस्तै सार्वजनिक यातायातको हकमा जोर बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन्। अब थप क्षेत्र खुला गर्ने गरी निषेधाज्ञालाई एक साता बढाउने पक्षमा प्रजिअहरू रहेको बताइएको छ ।

प्रकाशित मिति : असार २०, २०७८ आइतबार  १० : ५१ बजे