जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी



अतामी, जापान, २० असार (रासस/एएफपी) ः जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ ।पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरु १० जनालाई घटनास्थलबाट उद्धार गरिएको छ ।जापानको मध्य क्षेत्रमा पर्ने अतामीमा भएको घटनामा परी अरु २० जना अझै पनि हराइरहेको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय सरकारी अधिकारीहरुले खोजी कार्य जारी रहेपनि बेपत्ता भएकाहरु जीवितै भेटिने संभावना कम रहेको बताएका छन् ।अत्यधिक वर्षासँगै शनिबार बिहान भिषण पहिरो गएको थियो । घटनाप्रति प्रधानमन्त्री योशिहिडे सुगाले दुःख व्यक्त गर्नुभएको छ । उहाँले खोजी तथा उद्धार र राहतका कार्यका लागि कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : असार २०, २०७८ आईतबार  ६ : ३३ बजे