पछिल्लो २४ घण्टामा देशमा २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप १३१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४ ।५ प्रतिशत रहेको छ ।
कोभिड–१९ बाट थप २० जनाले ज्यान गुमाएका छन ।यससगै हालसम्म ९ हजार ३४० जनाले कोरोनाका कारणा ज्यान गुमाइसकेका छन् ।










