कोरोनाविरुद्धको अमेरिकी खोप लगाउने कार्यको शुभारम्भ



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री देउवाले जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् ।

नेपाललाई उपहार स्वरुप अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज दिएको खोप एक डोजमात्र लगाए हुन्छ ।आजबाट उक्त खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप साउन ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  १० : ५८ बजे