भरतपुरमा शंकास्पद अवस्थामा युवकको शव भेटियो



चितवनको भरतपुरमा शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ । महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई डेरी चोक नजिकै एक युवकको शव फेला परेको हो ।

डेरी चोकबाट दक्षिण तर्फ शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलमा अन्दाजी ३० वर्षका युवकलाई डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीका अनुसार मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको ले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण ७, २०७८ बिहिबार  ११ : २५ बजे