‘राइडर एकता जिन्दाबाद’ भन्दै पठाओ राइडर सडकमा



ट्याक्सी चालकहरुको विरोधमा पठाओ राइडरहरु सडकमा उत्रिएका छन् । सोमबार पठाओ राइडरहरुले ‘राइडर एकता जिन्दाबाद’ भन्दै उनीहरूले निकाल्न लागेको बाइक र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

आफूहरूमाथि गुण्डागर्दी शैलीमा बारम्बार आक्रमण गरेको विरोधमा पठाओ राइडरहरु​ले आन्दोलनमा उत्रिएका हुन् । आफ्नो माग सम्बोधन गर्न सम्बन्धित निकायमा गएर वार्ताद्वारा समस्या समाधान गर्न प्रहरीले पठाओ राइडरहरुलाई आग्रह गरेको थियो । तर, राइडरहरुले नमाने पछि प्रहरीले बाइकको साँचो नियन्त्रणमा लिएको थियो ।

आफूहरूमाथि भइरहेको आक्रमण बन्द गर्नका साथै आफूहरूलाई कानुनी मान्यता प्रदान गर्न राइडहरुले माग गरेका छन् ।

प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार  ११ : ०० बजे