बिहिबार थपिए ३३६५ संक्रमित



पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३६५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार ९ हजार ५५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३३५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ६८७ गर्दा १०३० मा संक्रमण देखिएको छ।

यस्तै बिहिबार थप १४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना कोरोनाबाट मुक्त भएका छन्।

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार  ४ : २० बजे