चैत मसान्तसम्म सबै नेपालीलाई खोप : स्वास्थ्य मन्त्रालय



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत मसान्तसम्म सम्पूर्ण नेपालीले खोप पाउने बताएको छ ।शुक्रवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा . कृष्णप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता प्रक्रिया अघि बढिसकेको साथै कोभ्याक्स सुविधामार्फत् जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र एक करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने मन्त्रालयले बिज्ञप्तिमार्फत जनाएको छ ।

 

प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार  ८ : ०० बजे