आइतबार देशभर मौसम बदली हुने : यस्तो छ आगामी तीन दिनको मौसम



आइतबार देशैभरी सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तेस्तै प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन पनि महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : श्रावण १७, २०७८ आइतबार  १० : २३ बजे